Duration 13:45

Hariharpur Gadhi, Ward 5, Sindhuli | हरिहरपुरगढी, वडा नं. ५, सिन्धुली | Nepal Talks Documentary

4 054 watched
0
225
Published 9 Aug 2020

Hariharpur Gadhi, Sandhuli Madhi, Sindhuli, Nepal (Ward No 5) हरिहरपुरगढी वडा नं. ५ का वडा अध्यक्ष : झलककुमार माझी #HariharpurGadhi #Sindhuli #Nepal Subscribe us: /channel/UCxpulGUAARSjgF1t_hiaY2g Like us on Facebook: https://www.facebook.com/NepalTalksTV नेपालकै अद्भूत र बलियो किल्लाको रुपमा लिईएको हरिहरपुरगढी किल्लाको ऐतिहासिक महत्व छ । सिन्धुलीको मरिण र बागमती नदीको बीचमा अवस्थित हरिहरपुरगढी किल्ला आसपासका वरपिपलका पुराना वृक्ष, मठ-मन्दिर, देवालय, पाटीपौवा र चौताराले पुरानो इतिहास झल्काईरहेको छ । किल्ला संरक्षणमा राज्य स्तरबाट खासै चासो नदेखाईएको भएपनि स्थानीय स्तरबाट सकेको सहयोग भइरहेको जिल्लाकै कान्छा जनप्रतिनिधि झलककुमार माझीले जानकारी गराए । युवानेता माझी नेकपाबाट हरिहरपुरगढी वडा नं. ५ का वडा अध्यक्ष छन् । उनी महेन्द्रझ्याडी गाविस वडा नं.१ मा जन्मिएका हुन् । सिन्धुली जिल्ला आफैँमा सुन्दर भएपनि यसलाई थप विकास गर्न अध्यक्ष माझीले पर्यटकीय, कृषि ब्यवसायतर्फ स्थानिय जनतालाई आकर्षित गराउँन बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको बताए । मदनभण्डारी राजमार्गले छोएको कारण होटल ब्यवसाय पनि यहाँ राम्रै हुने र बाह्य पर्यटकलाई खान, बस्न सहज हुने खालको वातावरण मिलाउन सकियो भने स्थानीय जनताको आर्थिक स्तर माथि उठ्नेमा दुईमत रहन्न । पिपलमाडीबाट सात किलोमिटर उत्तर पहाडी भूभागमा अवस्थित हरिहरपुर गढी किल्लाका पुरातात्विक सामग्री हराउँदै गएका छन् । हरिहरपुर गढी गाउँपालिकामा रहेको ऐतिहासिक तथा पुरातात्विक किल्ला सरकारी निकायबाट संरक्षण र सम्वद्र्धन हुन नसक्दा झन ओझेलमा परेकोले सिमित स्रोत साधनका बाबजुद पनि ऐतिहासिक क्षेत्रका संरक्षण र वडा नं. ५ लाई नमूना वडाको रुपमा बिकास गर्न आफु अहोरात्र खटिरहेको अध्यक्ष माझीको भनाईछ । यस क्षेत्रमा रहेका ऐतिहासिक र महत्वपुर्ण स्थानहरुको जानकारी गराउँन हेतु सिन्धुली जिल्लाको जानकारी मूलक डकुमेन्ट्री निर्माण कार्यलाई अगाडी बढाईएको छ । वडाको सहकार्य र स्थानीयको सहयोगमा बन्ने डकुमेन्ट्रिको निर्देशन चलचित्र निर्देशक बेदप्रसाद भुर्तेलले गर्दैछन् । डकुमेन्ट्रि निर्माण टिममा हरिहरपुरगढी गाउँपालिकाका स्थानीय सहित मदन घिमिरे, सन्तोष घिमिरे, श्याम कुमार गीरी, लिला बम्जन, चन्द्र स्याङ्तानलगायतका ब्यक्तिहरुको संलग्नता रहने निर्देशक भुर्तेलले जानकारी गराए । 00:00 An Introduction of HariharPur Gadhi (HariharPur Fort) 00:40 Ward Secretary Jhallak Kumar Majhi 07:22 Lila Bomjan 11:23 Gyan Bahadur Bomjan

Category

Show more

Comments - 28